अन्ध चाकडीवाजले भजन मात्रै गाँउछन् र डुवाउँछन्ः प्रवक्ता श्रेष्ठ

अन्ध चाकडीवाजले भजन मात्रै गाँउछन् र डुवाउँछन्ः प्रवक्ता श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले ‪चाकडीवाजले प्रशंसा र भजन मात्रै गाउने बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमा प्रवक्ता श्रेष्ठले आलोचनात्मक चेत भएकाहरुको मात्रै भर पर्न आग्रह गरेका छन् । उनले उक्त भनाई को प्रति लक्षित गरेको भन्ने खुलाएका छैनन् ।

‘आलोचनात्मक चेत भएका साँच्चैका हितैषी हरुले आफुले ठिक नदेखेको कुरा समयमै भन्छन् र गल्ति गर्न वा पतनबाट बचाउँछन्, जवकी निहीत स्वार्थ केन्दृत अन्ध चाकडीवाजहरुले प्रशंसा र भजन मात्रै गाँउछन् र डुवाउछन्’, उनले भनेका छन्, ‘त्यसैले आलोचनात्मक चेत भएका मित्रहरुमा भर गरौं, स्वार्थी अन्ध प्रशंसकमा होइन ।‬’

उनले बिचार सहितको विवेक भएकाहरु मुर्खले जस्तो सुर्याइँ नदेखाउने बताएका छन् ।

‘निर्णय एवं कार्य गर्नु अघि संशयकारी जस्ता देखिन सक्छन् । तर बिचार सहितका विवेकीहरु नै सुरा मुर्खहरु भन्दा भरपर्न लायक हुन्छन्’, उनले भनेका छन् , ‘‪लोकतान्त्रिक पध्दति अन्तर्गत कार्यगर्दा केही प्रकृयागत ढिलाई हुन सक्छ ।बिचार सुन्ने सहिष्णुता र छलफल गर्ने धैर्यता चाहिन्छ लोकतन्त्रमा । निरङ्कुश तानाशाही तन्त्र छलफलको झञ्झटबाट मुक्त र छिटो काम हुने ब्यबस्था लाग्न सक्छ । तर लोकतन्त्र नै उत्तम हुन्छ,निरङ्कुशतन्त्र होइन ।‬’