काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले गत शनिवारको सचिवालय बैठकको निष्कर्षबाट विचलित भए पुनः पार्टीमा संकट ल्याउने चेतावनी दिएका छन् ।
प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमार्फत् पार्टी एकताको रक्षा गर्दै कमजोरीहरुलाई सच्च्याएर नयाँ शिराबाट काम गर्ने सहमति भएको भन्दै त्यसबाट पछि हट्न नहुने तर्क गरेका हुन् ।
श्रेष्ठले सोमवार राति मात्रै सचिवालय बैठकको निष्कर्षबाट विचलनले पार्टीमा पुनः संकट ल्याउने भन्दै यसमा अन्यथा हुनै नसक्ने दावी गरेका छन् ।
‘अस्तिको सचिवालयको निष्कर्षबाट विचलनले पार्टीमा पुनःसङ्कट ल्याउनेछ । अतस्अन्यथा हुनै सक्दैन, गर्नै मिल्दैन’, उनले भनेका छन् ।
अस्तिको सचिवालयको निश्कर्षबाट बिचलनले पार्टीमा पुनःसङ्कट ल्याउनेछ।अत:अन्यथा हुनै सक्दैन,गर्नै मिल्दैन।पार्टी एकताको रक्षा,बिधिपद्दतिको पालना,पार्टीद्वारा सरकार सञ्चालन,सरकारबाट समाजवादउन्मुख समृध्दिको काम र त्यसको लागि आत्मालोचनासहित नयाँ शिराबाट काम गर्ने सँकल्प-यो हो निश्कर्ष।
— NKShresthaPrakash (@nksthaprakash) May 4, 2020
मंगलवार बिहान अर्को ट्वीट गर्दै श्रेष्ठले सचिवालय बैठकको निर्णयप्रति भाम्रक समाचार प्रसारित हुन थालेको आरोप लगाएका छन् । उनले पार्टीमा रडाको मच्चाउने योजनामा कोही सक्रिय भएको भन्दै सचेत हुन आग्रह पनि गरेका छन् ।
‘हाम्रो पार्टीमा पार्टी एकताको रक्षा गर्दै कमजोरीहरुलाई सच्च्याएर नयाँ शिराबाट काम गर्ने सहमति भएपछी हिजो देखि फेरि झुटा भ्रमात्मक समाचारहरु प्रचारित हुन थालेका छन् ।पार्टीमा रडाको मच्चाउने योजनामा फेरि को लाग्दैछ ? सचेत होऔं । २०गतेको सचिवालय वैठकको निश्कर्ष लागू गरौं ।अन्यथा नगरौं’, उनले भनेका छन् ।
हाम्रो पार्टीमा पार्टी एकताको रक्षा गर्दै कमजोरी हरुलाई सच्च्याएर नयाँ शिराबाट काम गर्ने सहमति भएपछी हिजो देखि फेरि झुटा भ्रमात्मक समाचारहरु प्रचारित हुन थालेका छन् ।पार्टीमा रडाको मच्चाउने योजनामा फेरि को लाग्दैछ?सचेत होऔं।२०गतेको सचिवालय वैठकको निश्कर्ष लागू गरौं।अन्यथा नगरौं।
— NKShresthaPrakash (@nksthaprakash) May 5, 2020




प्रतिक्रिया