उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता


काठमाण्डु- उपप्रधानमन्त्री तथा नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव भेटवार्ता भएको छ । बुधबार बिहान सिंहदरबारमा मन्त्री श्रेष्ठ र राजदूत श्रीवास्तवबीच भेटवार्ता भएको हो ।

उक्त भेटमा उनीहरुबीच नेपाल र भारतको वर्षौँदेखिको मित्रतालाई प्रकाश पार्दै जनस्तरको सम्बन्धका तथा दुई देशबीचको द्विपक्षीय हित र विकासका विषयमा छलफल भएको जनाइएको छ ।

यस्तै भारतीय राजदूतले नेपालका उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएकामा श्रेष्ठलाई बधाई दिएका छन् ।