काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अगुवाईमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज अभियान सुरु भएको छ । नेकपा नेता नारायण शर्माको नेतृत्वमा एमसीसी खारेज अभियान सुरु भएको हो ।
नेता शर्माले यो सम्झौता घातक, असंलग्न परराष्ट्र नीति विपरित र चीनसँगको मित्रतालाई पनि विथोल्ने गरी आएकाले संसदबाट अनुमोदन गर्न नहुने बताए । एमसीसीविशुद्ध फौजी कार्यक्रम भएकाले नेपाल यसमा संलग्न भएर फस्नु हुँदैन भन्दै उनले नेपाललाई दुरगामी द्वन्द्वमा फसाउन नहुने बताए ।
उनले भने, ‘नेताहरु झुक्छन् कि खुट्टा कमाउँछन् कि भनेर खबरदारी गर्न खोजेका हौं ।’
उनकाअनुसार सुरुमा यो सम्झौता अनुमोदन नगर्न नेताहरुलाई सुझाव दिइनेछ । त्यसपछि दबावमूलक कार्यक्रम समेत गर्ने तयारी छ ।
अभियानको पहिलो कार्यक्रम भने पुस २६ गतेछ, जसमा एमसीसी सम्झौताबारे अन्तरक्रिया हुनेछ ।
नेकपाका केही वरिष्ठ नेता, प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुले एमसीसी सम्झौता संसदबाट पारित हुन्छ भनिरहेका बेला नेकपाकै नेताको अगुवाईमा खारेज अभियान सुरु भएको हो ।





प्रतिक्रिया