मैले भन्दै नभनेको कुरा राखेर दुष्प्रचार गरियोः नारायण वाग्ले

मैले भन्दै नभनेको कुरा राखेर दुष्प्रचार गरियोः नारायण वाग्ले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लेखक तथा नागरिक आन्दोलनका अगुवा नारायण वाग्लेले आफूले बोल्दै नबोलेका कुरा प्रचारमा ल्याइएको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार बालुवाटरमा भएको आन्दोलनमा वाग्लेले ‘संविधानमा धर्म निरपेक्षता लेखिएको छ । त्यसैले मन्दिर बनाउने पूजा गर्ने काम बन्द हुनुपर्छ । धकर्म निरपेक्षताका लागि मन्दिरहरु भत्काउनुपर्छ । पूजापाठ बन्द गरिनुपर्छ ।’ भन्दै समाचार आएपछि उनले आपत्ति जनाएका हुन् ।

‘मैले भन्दै नभनेको कुरा राखेर यसरी दुष्प्रचार गर्ने को हो ? नागरिक आन्दोलनलाई विकर्षित गर्न सुरु भएका यो चालबाट सावधान रहनु होला है’, उनले भनेका छन् ।

उनले भाषणमा ‘बालुवाटारमा बसेकोले पहिला देशभर मन्दिर बनाउँछु भन्दै हिँडे । अहिले पूजा आरती गर्दै हिँड्दैछन् । संविधानमा धर्मनिरपेक्षता लेखिएको तर ओलीले त्यही संघीयता र धर्मनिरपेक्षता खलबल्याउन चाहेको’ बताएका थिए ।