नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध, यात्रु अलपत्र

नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध, यात्रु अलपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – नारायणगढ–मुग्लिङ सडकखण्ड मंगलबार बिहानदेखि अवरुद्ध भएको छ । सो सडकखण्डको तीन ठाउँमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–६ को कालीखोला, जलवीरे र चारकिलोमा पहिरो खसेको छ । पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ ।

सोही सडकखण्डको जलवीरेमा सोमबार साँझ पहिरो खसेपछि पन्छाएर राति यातायात सेवा सञ्चालन गरिएको थियो । सडक अवरुद्धसँगै यात्रु अलपत्र परेका छन् ।