पर्सा – वीरगन्जमा बिहीबार बिहान मृत्यु भएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोनाको लक्षणसहित वीरगञ्जस्थित गण्डक कोभिड अस्पताल पुगेका उनीहरुको नारायणी अस्पतालको आकस्मिक कक्ष र भेन्टिलटरमा उपचारका क्रममा मृत्यु भएको थियो ।
मृत्युअघि नै स्वाब लिइएको भएपनि मृत्यृ पश्चातमात्रै कोरोना पुष्टि भएको गण्डक कोभिड अस्पतालका संयोजक डा.उदय सिंहले जानकारी दिए । मृत्यु भएका दुबै जना बाराका हुन् ।




प्रतिक्रिया