वीरगञ्ज – पर्सामा पाँच स्वास्थ्यकर्मीसहित थप ४१ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।
वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार राती नारायणी अस्पतालका २ जना चिकित्सक, २ जना स्टाफ नर्स र १ जना सफाइकर्मी तथा नेशनल मेडिकल कलेजका १ जना चिकित्सकसहित थप ४१ जनामा कारोना संक्रमण पुष्टि भएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।
मेसु उपाध्यायका अनुसार पर्साको धोबीनी गाउँपालिकाका २ जना, पोखरीया नगरपालिकाका १ जना र बहुदरमाइ नगरपालिका १ जनामा पनि संक्रमण पुष्टि भएको हो । बाँकी अरु सबै कन्टयाक्ट ट्रेसिङमा परेका र स्वचेच्छाले पैसा तिरेर पीसीआर परीक्षण गराएका वीरगन्जका उद्योगी , व्यपारी र सर्वसाधरण नागरिक हुन् ।
बिहीबार राती ४१ जना संक्रमित थपिएसँगै पर्सामा कुल संक्रमितको संख्या ३ सय ९७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।




प्रतिक्रिया