काठमाण्डु– सशस्त्र प्रहरीले चितवनको नारायणी नदीको पुलबाट हामफालेका एक व्यक्तिको सकुशल उद्धार गरेको छ ।
भरतपुर महानगर–२ आँपटारी बस्ने ७९ वर्षीय खिला शर्मा अधिकारी शुक्रबार भरतपुर महानगरपालिका–३ पुलचोक स्थित पुलबाट नारायणी नदीमा हामफालेका थिए ।
चितवन– १७ नम्बर गणबाट खटिएको इमिडियट रेस्पोन्स टिम (आईआरटी) ले उनको सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उद्धार गरिएका अधिकारीलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको उनले बताए ।




प्रतिक्रिया