राजीनामा माग्नु प्रतिपक्षको धर्म हो, औचित्यपूर्ण ढंगले मागे राम्रो : गृहमन्त्री श्रेष्ठ

राजीनामा माग्नु प्रतिपक्षको धर्म हो, औचित्यपूर्ण ढंगले मागे राम्रो : गृहमन्त्री श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा माग्नु प्रतिपक्षीको धर्म भएको बताएका छन् ।

शनिबार सप्तरीमा पत्रकारहरूसँग कुरा गर्दै उनले मन्त्रीको राजीनामा माग्नु प्रतिपक्षको धर्म भएको बताए ।

उनले भने, ‘राजीनामा माग्न पाउनु प्रतिपक्षका साथीहरूको आफ्नो धर्म हो । उहाँहरूले औचित्यपूर्ण ढंगले मागे राम्रो ।’

पछिल्ला दिनमा सदनमा प्रतिपक्षी दलहरूले गृहमन्त्री श्रेष्ठको समेत राजीनामा माग्ने गरेका छन् ।