परराष्ट्रमन्त्री श्रेष्ठले गरे भारतीय समकक्षी जयशंकरसँग टेलिफोन वार्ता

परराष्ट्रमन्त्री श्रेष्ठले गरे भारतीय समकक्षी जयशंकरसँग टेलिफोन वार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारतीय समकक्षी विदेशमन्त्री एस जयशंकरसँग टेलिफोन वार्ता गरेका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै मन्त्री श्रेष्ठले पुनः विदेशमन्त्री नियुक्त भएकोमा बधाई दिएको जनाएका छन् ।

कुराकानीका क्रममा नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा छलफल भएको जनाइएको छ । २ देशबीचको पारस्परिक हित र सहयोगलाई निरन्तरता दिन दुवै तत्पर रहेका मन्त्री श्रेष्ठले बताएका छन् ।