नारायणकाजीको दाबी-आफू गृहमन्त्री हुँदा पञ्चायतकालदेखिकै फाइल खोलें

नारायणकाजीको दाबी-आफू गृहमन्त्री हुँदा पञ्चायतकालदेखिकै फाइल खोलें


काठमाण्डु-उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफू गृहमन्त्री हुँदा पञ्चायतकालदेखिकै अनियमितता भएको फाइल खोलेको दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भने, ‘म गृहमन्त्रालयमा हुँदा पञ्चायतकालदेखिको सबैलाई निकालेर कहाँ कहाँ गडबडी भएको छ । पैसा र राज्य आफूसँग छ वा पैसाको बलमा राज्यसँग पहुँच छ भने जे गरे पनि हुन्छ भन्ने मान्यतालाई भत्काउन खरबौँको जग्गा सरकारको बनाइयो । संलग्नलाई जेल हालियो। भुटानी शरणर्थी प्रकरणमा संलग्नलाई जेल हालियो ।’

आफ्ना मान्छे आउने देखियो भने त्यो फाइल खोल्ने कि नखोल्ने भनेर देश विकास नहुने उनले बताए ।

गृहमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै उनले भने,‘अरू बेलामा ठूल्ठुला कुरा गर्नेहरु आफ्नो पालो आएपछि चाहिँ भयो गरौं कि नगरौं भन्ने अनि कसरी हुन्छ । त्यसमा पनि ध्यान जानुपर्छ ।’