नारायणकाजीको आरोप-रविमाथि ज्यादती भयो

नारायणकाजीको आरोप-रविमाथि ज्यादती भयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार स्वेच्छाचारी बन्दै गएको आरोप लगाएका छन् । पूर्वगृहमन्त्री समेत रहेका श्रेष्ठले भ्रष्टाचारको आरोपमा मुछिएका आफ्ना नेता तथा कार्यकर्तालाई छानविन र अनुसन्धानमा नल्याई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथि भइरहेको ज्यादतीले सरकार प्रतिशोधमा उत्रिएको सर्वसाधारणको आशंकालाई बल पुगेको बताएका हुन् ।

चीन भ्रमणमा रहेका श्रेष्ठले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हाल म देश बाहिर रहेकै अवस्थामा लामिछानेलाई चितवनबाट पोखरा लैजाने सन्दर्भमा अपमानजनक प्रतिशोधपूर्ण दुर्व्यवहार भएको भन्ने खबर सुन्नु पर्दा ज्यादै दुःख लागेको छ । यो सत्य हो भने म यसको कडा विरोध एवं भर्त्सना  गर्दछु र यसप्रकारको गैरकानुनी, मानवअधिकार विरोधी, अपमानजनक तथा प्रतिशोशपूर्ण दुर्व्यवहार तत्काल रोक्न सरकारसँग जोडदार माग गर्दछु ।’

त्यस्तै, उनले भष्टाचारको अनुसन्धान हुनु पर्ने भन्दै लामिछाने बाहेक कांग्रेस र एमालेका नेताहरूमाथि अनुसन्धान नगरी उनीहरूलाई बचाउन सरकारले भेदभाव गरेको आरोप लगाएका छन् ।

उनले थप लेखेका छन् , ‘स्वच्छ अनुसन्धानबाट दोषी प्रमाणित भएमा जो सुकै भएपनि कारवाही गरिनु पर्दछ । रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको सन्दर्भमा पनि हामीले यो नीति स्पष्ट पार्दै आएका हौं । तर सरकारले लामिछाने बाहेक नेका र एमालेका नेताहरुको हकमा कुनै छानविन, अनुसन्धान नगरी उनीहरूलाई बचाउने नाङ्गो भेदभावपूर्ण कार्य गरिरहेकाले हाम्रो पार्टीले त्यसको घोर बिरोध गर्दै आएको छ ।’