चिनियाँ राजदूतसहित मन्त्री श्रेष्ठको टोलीद्धारा कलंकी-महाराजगञ्ज सडक खण्डको निरीक्षण

चिनियाँ राजदूतसहित मन्त्री श्रेष्ठको टोलीद्धारा कलंकी-महाराजगञ्ज सडक खण्डको निरीक्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदूत छन सोङसहितको टोलीले लिएर सडक निरीक्षण गरेका छन् ।

बिहीबार चिनियाँ राजदूतसहितको मन्त्री श्रेष्ठको टोलीले कलंकी-महाराजगञ्ज सडक खण्डको संयुक्त निरीक्षण गरेको हो। राजधानीको चक्रपथ सडक विस्तारको जिम्मा पाएको चीनले पाएको छ ।

निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले कलंकी-महाराजगञ्ज सडक विस्तारको काम चाँडै सुरु हुने बताए । कलंकी–कोटेश्वर खण्डको काम सकिइसके पनि साइट क्लियर नहुँदा कलंकी-महाराजगञ्ज खण्डमा रुख काट्नेबाहेक अरु काम भएको छैन।

कलंकीदेखि महाराजगञ्जसम्मको सडक विस्तारको काम चाँडै सुरु गर्न चीन सरकारसँग सहमत भएको उनको भनाइ छ । बिजुलीका पोल, स्वयम्भू वरपरका सांस्कृतिक सम्पदा नभत्काउन त्यहाँको डिजाइनै परिवर्तन गर्ने कुरा भएको छ,’ मन्त्री श्रेष्ठले भने।

सडक निरीक्षणमा मन्त्री श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत छन सोङ, काठमाण्डु महानगरका मेयर बालेन्द्र साह र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत सहभागी थिए ।