काठमाण्डु – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा जुनसुकै पार्टीको जुनसुकै तहको नेता भए पनि सरकारले नछाड्ने बताएका छन् ।
शनिबारदेखि शुरू भएको माओवादी केन्द्रको ३ महिने विशेष अभियानको ललितपुरमा उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भेपमार्फत नेपाल भित्रिएको ९ किलो सुन प्रकरणमा पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको संलग्नता पुष्टि भए सरकारले नछोड्ने बताए ।
उनले अपराध पुष्टि भएमा जुनसुकै तह, जुनसुकै पार्टीको र जोसुकै भए पनि कारबाही गरेर छाड्ने बताए ।
उनले भने, ‘९ किलो सुन प्रकरणमा माओवादीको नेता जोडिएको कुरा आएको छ । जोसुकै होस्, जुनसुकै पार्टीको नेता होस् अपराधमा संलग्न भएको पुष्टि भए सरकारले छाड्दैन । माओवादीको नेतृत्वमा सरकार भएकाले आफूलाई चोख्याउँछ कि भन्ने शंका गरेको पाएको छु । कुनै शंका नगरे हुन्छ ।’
उनले कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी जुनसुकै पार्टीको जुनसुकै तहको नेता भए पनि सरकारले नछाड्ने बताए ।




प्रतिक्रिया