काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी र आन्दोलनको मुख्य समस्या वैचारिक तथा साँस्कृतिक स्खलन रहेको बताएका छन् ।
बुधबार नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवसको शुभकामना दिँदै उनले क्रान्तिकारी विचारमा स्पष्ट र दृढ नबनी निजी स्वार्थकेन्द्रीत भ्रष्टिकरणविरूद्ध संघर्ष र आन्दोलनको रक्षा गर्न नसकिने उल्लेख गरेका छन् ।
‘हाम्रो पार्टी र आन्दोलनको आजको मुख्य समस्या वैचारिक एवं साँस्कृतिक स्खलन हो,’ प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘क्रान्तिकारी विचारमा स्पष्ट एवं दृढ नबनी र निजी स्वार्थ केन्द्रीत सबैखाले भ्रष्टिकरणकोविरूद्ध संघर्ष गर्ने सहास नगरी पार्टी एवं आन्दोलनको रक्षा गर्न सकिन्न ।’
श्रेष्ठले वैचारिक तथा साँस्कृतिक रूपान्तरणको अभियान छेड्न पनि आग्रह गरेका छन् । उनले भनेका छन्, ‘साँस्कृतिक भ्रष्टिकरण भनेको आर्थिक भ्रष्टाचार मात्र होइन। पद, सत्ता, शक्ति र निजी स्वार्थ केन्द्रमा राखेर आचरण गर्नु वा त्यसको कारणबाट बेठीकको विरूद्ध सत्य एवं ठीकको पक्षमा उभिन नसक्नु पनि साँस्कृतिक ह्रास हो ।’
श्रेष्ठले व्यक्तिवाद, विधिपद्धतिको अवज्ञा र मुकदर्शकता यसका परिणामसमेत भएको बुझ्न आग्रहसमेत गरेका छन् ।
उनले सदा कम्युनिष्ट भइरहन र समाजवाद निर्माणको क्रान्तिकारी उदेश्य पूरा गर्ने प्रक्रियामा लागिरहन पनि शुभकामना दिएका छन् ।
‘पार्टी एकताको रक्षा गर्न र समाजवाद उन्मुख समृद्धिको लय हासिल गर्न संकल्प गरौं,’ श्रेष्ठले भनेका छन् ।
साँस्कृतिक भ्रष्टीकरण भनेको आर्थिक भ्रष्टाचार मात्र होइन।पद,सत्ताशक्ति र नीजिस्वार्थलाई केन्द्रमा राखेर आचरण गर्नु वा त्यसको कारणबाट बेठीकको बिरुध्द सत्य एवं ठीकको पक्षमा उभिननसक्नु पनि सांस्कृतिक ह्रास हो।व्यक्तिवाद,बिधिपद्दतिको अवज्ञा र मुकदर्शकता यसका परिणाम हुन्।बुझौं,फेरौं ।
— NKShresthaPrakash (@nksthaprakash) April 22, 2020
हाम्रो पार्टी र आन्दोलनको आजको मुख्य समस्या वैचारिक एवं साँस्कृतिक स्खलन हो।कान्तिकारी बिचारमा स्पष्ट एवं दृढ नबनी र नीजिस्वार्थ केन्दृत सबैखाले भ्रष्टीकरणको बिरुध्द सँघर्ष गर्ने साहास नगरी पार्टी एवं आन्दोलनको रक्षा गर्न सकिन्न।अत: बैचारिक साँस्कृतिक रुपान्तरणको अभियान छेडौं ।+
— NKShresthaPrakash (@nksthaprakash) April 22, 2020
म सबै कम्युनिष्ट क्रान्तिकारीहरुलाई योग र ध्यानलाई नियमित रुपमा अभ्यास गर्न पनि अनुरोध गर्दछु।योग आसन मात्र होइन।योग,ध्यान मान्छेको अन्तर्यात्रा र त्यसको बिधि हो।यो ईस्वर वा धर्मसङ्ग जोडिएको बिषय होइन,बिज्ञानसम्मत छ।यसले कम्तिमा स्वरुपान्तरण र कार्यक्षमता बृध्दिमा सहयोग गर्छ नै।
— NKShresthaPrakash (@nksthaprakash) April 22, 2020




प्रतिक्रिया