काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठल आफूले भारतीय गुप्तचर अधिकारीहरुसँग भेटवार्ता नगरेको स्पष्ट पारेका छन् ।
उनले भारतीय गुप्तचर अधिकारीहरु काठमाडौंमा बसेर सक्रिय रहेकोबारे भारतीय सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका थिए ।
‘भारतीय गुप्तचर पदाधिकारीहरु नेपाल आएर म लगायत हाम्रो पार्टी र अन्य पार्टीका विभिन्न नेताहरुलाई भेट गरेको भन्ने एउटा भारतीय अनलाइन मिडियाले प्रचार गरेको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भनेका छन्, ‘उनीहरु आए, नआएको सरकारले स्पष्ट पार्न सक्ला । तर म सँग भेटेको भन्ने पुरै झुठ हो । खबरदार !’




प्रतिक्रिया