काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले तत्काल स्थायी कमिटीको बैठका बोलाउन माग गरेका छन् ।
एक महिनाभन्दा लामो समयदेखि स्थगित हुँदै आएको नेकपा स्थायी कमिटी बैठकको मिति अझै टुंगो लाग्न सकेको छैन् ।
प्रवक्ता श्रेष्ठले नेकपाभित्रको संकटको निकासका लागि स्थायी कमिटी बैठक सुचारु गर्नुको विकल्प नभएको बताएका छन् ।
‘सबै बैठकमा उपस्थित भएर आ–आफना बिचार राखौं र छलफल गरौं । त्यसबीचमा आवश्यकता अनुसार शिर्षस्थ नेताहरु को बीचमा र सचिवालयमा गृहकार्य गरौं । बैठकले पार्टी एकताको रक्षा ,यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटी को निर्णय अनुसार महाधिबेशनको तयारी गर्ने गरी निकास निकालौं’, उनले भने ।
त्यस्तै उनले शीर्ष नेताहरु अहंकार र पूर्वाग्रहबाट माथि उठ्नुपर्ने बताएका छन् । ‘यथास्थितिमा गुणात्मक परिवर्तन कुन रुपमा कसरी गर्ने भन्ने बारेमा अहँकार र पुर्बाग्रहबाट माथि उठेर छलफल गरौं र अतिवादबाट मुक्त हुँदै आजको आवश्यकतालाई सम्बोधन गर्ने गरी निष्कर्ष निकालौं’, उनले भनेका छन् ।
प्रवक्ता श्रेष्ठले पार्टीभित्र ब्यक्तिको हार र जीतको बिषय नभई बैचारिक, र सौद्धान्तिक बिषयमा छलफल गर्न पनि आग्रह गरेका छन् ।
‘कम्युनिष्ट आन्दोलन ,देश र जनतालाई बिजयी बनाऔं ।ब्यक्तिगत आरोप ,प्रत्यारोप वा गालिगलौजका रुपमा होइन बैचारिक र प्रवृत्तिगत बिषयमा छलफल गरौं ’, उनले भनेका छन् ।




प्रतिक्रिया