काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत विनय मोह क्वात्राबीच भेटवार्ता भएको छ ।
बुधबार प्रवक्ता श्रेष्ठ निवास हरिसिद्धीमा राजदूत क्वात्रा भेटवार्ताका लागि पुगेका थिए । भेटकाक्रममा नेपाल र भारतबीचका विविध पक्षमा छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
‘उहाँसँग नेपाल भारत सम्बन्धका बिभिन्न आयामका बारेमा छलफल भयो’, उनले भने ।
त्यस्तै प्रवक्ता श्रेष्ठले राजदूत क्वात्रासँग भारतसँग रहेका सीमा विवादबारे गहन छलफल भएको जानकारी दिए । उनले सीमा समस्या चाँडै वार्ताका माध्यमबाट हल गर्न पनि भारतीय राजदूतलाई आग्रह गरेका थिए ।
‘दुई देशका बिचमा रहेका समस्यालाई छिटो वार्ताको माध्यमबाट समाधान गर्नु पर्ने आवश्यकताका बारेमा पनि बिचार आदान प्रदान भयो’, प्रवक्ता श्रेष्ठले भने ।




प्रतिक्रिया