कम्युनिष्टलाई नागरिकता नदिएर अमेरिकाले लोकतन्त्रको खिल्लि उडायोः प्रवक्ता श्रेष्ठ

कम्युनिष्टलाई नागरिकता नदिएर अमेरिकाले लोकतन्त्रको खिल्लि उडायोः प्रवक्ता श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकाले कम्युनिष्टमाथि लगाउको प्रतिबन्धको विरोध गरेका छन् ।

प्रवक्ता श्रेष्ठले मंगलबार ट्वीटमार्फत अमेरिकाको उक्त निर्णयले लोकतन्त्रको खिल्ली उडाएको बताएका छन् ।

‘अमेरिकाले हालै देशभित्र वा बिदेशको कुनै कम्युनिष्ट पार्टीको सदस्यता लिएको आप्रवासीलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने नीतिको खुला घोषणा गरेको छ’, उनले भने, ‘यसले स्वेच्छाले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्लि उडाएको छ । यही हो नमुना पुँजीवादी लोकतन्त्र ।’

अमेरिकाको सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आप्रवासन नीति परिवर्तन गरेको थियो । अमेरिकाको यूएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस (यूएससीआईएस) ले कम्युनिष्ट पार्टीका सदस्यहरुले अमेरिकामा स्थायी बसोवासको नागरिकता नपाउने जनाएको छ ।