काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत प्रवक्ता श्रेष्ठले डा. केसी निस्वार्थ सत्याग्रही भएको बताएका छन् ।
‘डा.केसीसँग कैयौँ बिषयमा असहमति हुन सक्ला र छन् पनि ।सबै मिलेर कोरोनाको बिरुध्द जुझ्नु पर्ने बेलामा यसपटक अनशनको समयका बारेमा सोच्नु पर्थ्यो भन्ने पनि धेरैलाई लागेकै छ । तर के कुरामा शँका छैन भने उहाँ निस्वार्थी सत्याग्रही हुनुहुन्छ’, उनले भनेका छन् ।
डा. केसीको सत्याग्रहको बलमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपुर्ण उपलब्धि हाँसिल भएको बताएका छन् ।
‘त्यो सबै नेपालीका लागि खुसीको कुरा हो । उहाँको जीवन महत्वपुर्ण छ र यतिबेला सरकार,उहाँ स्वयं र हामी सबैले उहाँको जीवन रक्षामा सरकारले ध्यान दिनु पर्दछ’, उनले भने, ‘यस सन्दर्भमा सरकारले हिजो डा. केसीसँग वार्ताका लागि वार्ता टोली गठन गरेर सकारात्मक पहल गरेको छ । आशा गरौं, छिट्टै सकारात्मक निष्कर्षमा पुगिनेछ ।’




प्रतिक्रिया