नारायणकाजीले भनेः बाबुरामले माफी माग्नुपर्छ

नारायणकाजीले भनेः बाबुरामले माफी माग्नुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नारायणकाजी श्रेष्ठले सार्वजनिक माफी माग्नुपर्ने बताएका छन् ।

डा. भट्टराईले बुढीगण्डकी आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि ९ अर्ब भ्रष्टाचारको आरोप लगाएका छन् ।

‘राज्यको गरिमामय उच्च पद सम्हालीसकेको व्यक्तिबाट प्रचारित यसप्रकारका आपत्तिजनक एवं गैरजिम्मेवार अभिव्यक्तिका निम्ति सार्वजनिक क्षमा याचना हुनुपर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

प्रवक्ता श्रेष्ठले डा. भट्टराईले झुठको खेती गरिरहेको आरोप लगाएका छन् । उनले भ्रष्टाचार गरेको प्रमाण पेश गर्न पनि चुनौती दिएका छन् ।

‘हामी त्यससँग सम्बन्धित तथाकथित कुनै प्रमाण भए सार्वजनिक रुपमा र राज्यको सम्बन्धित आधिकारिक निकायमा पेश गर्न चुनौती दिन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘तथापि त्यस प्रकारको कृत्रिम आरोपको तथाकथित प्रमाणको हौवा भ्रमको खेतीमात्र हो भन्ने स्पष्ट नै छ ।’