काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद विघटनको प्रस्ताव गैर संवैधानिक,अलोकतान्त्रिक,निरङ्कुश र परिवर्तनविरोधी प्रतिगामी कदम भएको प्रतिक्रिया दिएका छन् ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव ल्याएका हुन् । सोही प्रस्तावको विरोधमा प्रवक्ता श्रेष्ठले संसद विघटन लागू हुन नसक्ने बताएका छन् ।
प्रवक्ता श्रेष्ठले सरकारको उक्त कदमविरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्र, लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पुर्ण शक्तिहरु एक हुन आह्वान गरेका छन् ।
‘आज प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय प्रतिनिधिसभा बिघटन गर्न गर्नुभएको सिफारिश गैरसंवैधानिक,अलोकतान्त्रिक,निरङ्कुश र परिवर्तनविरोधी प्रतिगामी कदम हो’, उनले भनेका छन्, ‘यो लागु हुन सक्दैन ।यसकाबिरुद्ध सँघीय लोकतान्त्रिक गणतन्त्र, लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पुर्ण शक्तिहरु एक होऔं ।’




प्रतिक्रिया