उपसभामुखले राजीनामा दिनुको विकल्प छैन : नारायणकाजी श्रेष्ठ

उपसभामुखले राजीनामा दिनुको विकल्प छैन : नारायणकाजी श्रेष्ठ


गोरखा – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई यथासिघ्र राजिनामा दिन आग्रह गरेका छन् ।

बुधबार गृहजिल्ला गोरखा पुगेका श्रेष्ठले पत्रकारहरुसँग कुरा गर्दै सभामुखमा उम्मेद्वारी दिनका लागि उपसभामुखले राजिनामा दिनुको विकल्प नभएको भन्दै उपसभामुखबाट राजीनामा दिएर निर्वाचनको ढोका खोल्न आग्रह गरेका हुन् ।

‘सभामुखमा उम्मेद्वारका दिनका लागि उपसभामुख पदबाट राजिनामा दिनुपर्छ, उपसभामुखको राजीनामा नआएसम्म मुलुकले सभामुख पाउँदैन’, श्रेष्ठले भने, ‘उहाँ कानुनकोे विद्यार्थीसमेत हुनुहुन्छ त्यसैले उहाँले यथासिघ्र राजिनामा दिनुहुन्छ । हामीले उहाँले राजीनामा नदिने भन्ने कल्पना पनि गरेका छैनौं,’ उनले भने ।

कानुनअनुसार एउटै पार्टीबाट सभामुख र उपसभामुख चयन गर्न नमिल्ने भन्दै उनले उपसभामुखले राजीनामा नदिएसम्म मुलुकले सभामुख नपाउने बताए ।