निर्वाचन आयोग सरकारको कठपुतली बन्योः नारायणकाजी श्रेष्ठ

निर्वाचन आयोग सरकारको कठपुतली बन्योः नारायणकाजी श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोग सरकारको कठपुतली बनेको आरोप लगाएका छन् ।

उनले समाजिक सञ्जालमार्फत केपी ओली सरकारको कठपुतली बनेर निर्वाचन आयोगले कानुन र लोकतन्त्रको धज्जी उडाएको आरोप लगाएका हुन् । ‘निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ । संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य छ’, उनले भनेका छन् ।

नेता श्रेष्ठले जसपाबारे निर्वाचन आयोगले गरेको पछिल्लो निर्णयले यो प्रमाणित भएको बताएका छन् । ‘जसपा बारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ । नेकपाको बारेमा पनि यस्तै गरिएको थियो । अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण त्यो पनि पनि हो । साथै, राजनीतिक पार्टीहरुले पनि आफ्नो प्रत्यक्ष स्वार्थ वा हितसँग नजोडिँदासम्म नबोल्ने वा तमासे बन्ने स्थिति अन्त्य गर्नुपर्छ,’ उनले भनेका छन् ।

लोकतन्त्र पक्षधर सबै मिलेर संवैधानिक अंगको यसप्रकारको गलत कार्यलाई समयमै रोकिहाल्नु पर्ने उनको तर्क छ ।