काठमाण्डु – पछिल्लो समय राजीतिक दलहरुबीच वाम एकताको चर्चा चुलिएको छ । संघीय निर्वाचन नजिकिएसँगै नेपालका कम्युनिष्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउन विभिन्न कम्युनिष्ट पार्टीका शिर्ष नेताहरु अहिले लागि पर्न थालेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि वाम एकता आवश्यक बताउँदै आएका छन् ।
नेपाल चीन मैत्री समाजले शनिबार काठमाण्डुमा आयोजना गरेको नेपालको भूराजनीतिक अवस्थाबारे छलफल कार्यक्रममा बोल्दै सार्वजनिक मञ्चबाट माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले ओलीलाई चुनावी तालमेलदेखि वाम एकतासम्मको प्रस्ताव राखे ।
कम्युनिष्टहरु एक हुनुपर्ने भन्दै चुनावी तालमेलदेखि वाम एकतासम्मको प्रस्ताव राखेका नेता श्रेष्ठ त्यसकाे भालिपल्टै एमाले अध्यक्ष ओलीसँग रिसाएका छन् ।
शनिबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले भनेका थिए, ‘तत्काल पार्टी एकता गर्न नसकिएला, तर कम्युनिष्टहरु तालमेल गरेर अघि बढ्न सकिन्छ ।’ नेता श्रेष्ठपछि बोलेका अध्यक्ष ओलीले एमाले मात्रै वामपन्थी भन्ने जवाफ दिँदै नेपालका कम्युनिष्ट पार्टीहरूलाई वामपन्थी एकतामा आउन आग्रह गरे ।
उनले भने – ‘वामपन्थी कोही हुनुहुन्छ भने गठबन्धन छाड्नुहोस्, वाम एकता गरौँ ।’ उनको यो भनाईपछि ओलीले आत्मआलोचना गर्नुको साटो अहंकार देखाएको भन्दै नेता श्रेष्ठले सामाजिक सञ्जालमार्फत असन्तुष्टी जनाए ।
उनले भनेका छन्, ‘ओलीले प्रधानमन्त्री हुँदा संविधानको प्रावधानविरुद्ध प्रतिनिधिसभा विघटन गरेका कारणबाट उहाँ नेतृत्वको एमालेको लोकतान्त्रिक विश्वसनीयता (क्रेडिबिलिटी) माथि समेत प्रश्न उठ्ने गरेकोमा आत्मआलोचित हुनुको सट्टा त्यस्तो अभिव्यक्ति दिनु निश्चय पनि सकारात्मक संकेत होइनु, उनले भनेका छन्, ‘यसले अहम् त तुष्टि गर्ला, तर देश, जनता र वामपन्थी आन्दोलनलाई कुनै योगदान र्पुयाउने छैन।’
उनले उक्त कार्यक्रममा आफूले सबै पक्ष आत्मआलोचित भइ वाम तालमेल र एकता गरौँ भन्ने प्रस्ताव राख्दा ओलीले अहंकार देखाएको पनि जिकिर गरेका छन्।
‘मैले आत्मआलोचित भई वाम तालमेल र एकता गरौं भन्ने प्रस्ताव राख्दा र वकिल जस्तो मात्र नहुन अपील गर्दा समेत हलमा उपस्थित सहभागीले कर्तल ध्वनिकासाथ ताली बजाएर समर्थन गर्नु भएको थियोु, उनले भने, ‘तिनै श्रोता सहभागीहरुले ओलीले अहंकार प्रदर्शन गर्दै वाम एकतामा ठेस पुग्ने गरी बोल्दा फेरि जोडले ताली बजाउनुभयो । यसले वाम तालमेल र एकतालाई सहयोग र्पुयाउँछ त? हामी कहिले सच्चिने होला? गम्भीरतापूर्वक सोचौँ।’
त्यस्तै ओलीसँग आक्रोशित बनेका उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी अनुमोदन हुनु केही दिनअघि त्यसलाई असफल बनाउने प्रस्ताव लिएर जाँदा ओलीले वास्ता नगरेको खुलासा गरेका छन् ।
एमसीसीबारे ओलीले दिएको अभिब्यक्तिको खण्डन गर्ने क्रममा नेता श्रेष्ठले एमसीसी पारित हुनु केही दिनअघि सो भेटवार्ता भएको खुलासा गरेका हुन् ।
‘एमसीसी संसदबाट अनुमोदन गरिनुभन्दा केही दिनअघि मात्र पनि हाम्रो पार्टीका अध्यक्ष प्रचण्ड मलगायत केही कमरेडहरू उहाँ (ओली) लाई एमसीसी अनुमोदनलाई संसदबाट मिलेर असफल पारौं र नयाँ गठबन्धन बनाएर अघि बढौं भन्ने प्रस्ताव लिएर गएका थियौं,’ श्रेष्ठले भनेका छन्, ‘उहाँले त्यसबेला एमसीसी सम्झौतामा राष्ट्रिय हितविपरीतका कुनै प्रावधान नरहेकाले यो त्यस्तो विषय होइन भनेर जोड दिनुभएको थियो ।’
द्विपक्षीय वार्तामा एमालेका अन्य तीनजना उच्चस्तरीय नेताहरू पनि सामेल रहेको उनले खलाएका छन् । सम्भवतः तत्कालीन नेकपा विभाजनपछि एमसीसीका कारण पहिलोपल्ट ओली(प्रचण्डबी भेटवार्ता भएको हो । सो वार्तामा ओलीसँगै प्रचण्ड, श्रेष्ठसहित एमालेका तीनजना नेता उपस्थित भएको जनाए पनि उनले नाम भने खुलाएका छैनन् ।
एमसीसी अनुमोदनका विषयमा शनिबार दिएका अभिब्यक्तिले एमाले अध्यक्ष ओली पन्छिन खोजेको आशंका गर्दै श्रेष्ठले सो अनुमोदन गराउन गरेका दुई प्रसंग उल्लेख गरेका छन् । कार्यक्रममा एमसीसी सम्झौता अरुले जस्तो गुपचुप राख्नुभन्दा राष्ट्रिय बहस होस् भनेर संसदमा पेस गरेको एमाले अध्यक्ष ओलीको तर्कलाई श्रेष्ठले असत्य भनेका छन्।
‘वास्तविकता यस्तो छ, एमसिसी सम्झौतालाई त्यसमा समावेश गरिएको प्रावधानअनुसार नेपालको घरेलु ऐनभन्दा माथिल्लो हैसियतमा राख्न नेपालको सन्धि ऐनअन्तर्गत प्रतिनिधिसभा पारित गर्नु आवश्यक भएकाले एमसिसी अमेरिकाले सम्झौतामा हस्ताक्षर गर्दाको क्षणदेखि नै संसदबाट अनुमोदनका लागि दबाबसहित अनुरोध गर्दै आएको थियो, तर त्यो सम्भव भइरहेको थिएन,’ श्रेष्ठले भनेका छन्, ‘पछिल्लो पटक केपी प्रधानमन्त्री हुनु भएपछि एमसिसी अमेरिकाले संसदबाट अनुमोदनका लागि नेपाल सरकारलाई औपचारिक पत्र पठायो र केपी सरकारले संसदबाट अनुमोदनका लागि प्रक्रिया अघि बढायो ।’
उनका अनुसार सो कार्यक्रम ओलीले एमसीसी अनुमोदनको प्रस्ताव पारित गर्ने उद्देश्यले आफूले संसदमा नलगेको बताएका थिए ।
‘उहाँले संसद कमजोर भएकाले त्यो पारित र्गयो, त्यसैले त्यसमा आफ्नो कुनै दोष वा कमजोरी छैन। यो पनि सत्य होइन,’ श्रेष्ठले भनेका छन् । उनका अनुसार ओलीले तत्कालीन नेकपाको केन्द्रीय समितिलगायतका बैठकमा एमसीसी विशुद्ध आर्थिक विकासको परियोजना भएको र यसमा कुनै राष्ट्रिय सार्वभौमिकता एवम राष्ट्रिय हित प्रतिकूलका प्रावधान नभएको तर्क गरेका थिए ।




प्रतिक्रिया