देउवाले प्रधानमन्त्रीलाई लगाएको आरोप तुच्छ र अक्ष्यम्य : नारायणकाजी श्रेष्ठ

देउवाले प्रधानमन्त्रीलाई लगाएको आरोप तुच्छ र अक्ष्यम्य : नारायणकाजी श्रेष्ठ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय नक्साको विषयमा नेपाली का‌ंग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई लगाएको गम्भीर आरोपप्रति आपत्ति जनाएका छन् ।

कांग्रेस सभापति देउवाले कास्कीमा शनिबार आयोजित चुनावीसभामा भारतले विवादित नक्सा प्रधानमन्त्री ओलीसँग सल्लाह गरेरै छापेको आरोप लगाएपछि प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमा तुच्छ स्वार्थका लागि अक्षम्य धारणा व्यक्त गरेकाे बताउँदै आपत्ति जनाएका हुन् ।

‘भारतले नेपालको सीमा मिचेर बनाएको नक्साका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आरोपित गर्दै पूर्वप्रधानमन्त्री देउवाले बोलेको कुराको जति निन्दा र भत्र्सना गरे पनि कम हुन्छ,’ श्रेष्ठले ट्विटरमा भनेका छन्, ‘तत्कालिक तुच्छ स्वार्थ (चुनाव)का लागि राष्ट्रियता जस्तो संवेदनशील विषयमा यसरी जथाभावी बोल्नु घातक र अक्षम्य छ, अझै चेतेनन् ।’

लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका नेपाली भूमि आफ्नोमा राखेर भारतले सार्वजनिक गरेको नक्साको विरोध भइरहेका बेला देउवाको यस्तो धारणा आएको हो । देउवाको यस्तो धारणाप्रति नेकपा नेताहरुले सामाजिक सञ्जालमा आपत्ति जनाइरहेका छन् ।