पोखरा – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
प्रवक्ता श्रेष्ठले पुस ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज निर्वाचन अधिकृत कार्यालय पोखरा पुगेर उम्मेद्वारी दर्ता गराएका हुन् ।
केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको प्रस्ताव र प्रदेश सभासदस्य दिलमाया रोकाको समर्थनमा श्रेष्ठले पोखराबाट उम्मेदवारी दर्ता गराएका हुन् । उनलाई नेकपाले गण्डकी प्रदेशको अन्यबाट उम्मेद्वार बनाउने निर्णय गरेको थियो ।




प्रतिक्रिया