काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले केन्द्रीय सचिवालय बैठक बोलाउन माग गरेका छन् ।
श्रेष्ठले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल बैठक बोलाउन माग गरेका हुन् ।
आवश्यक परेको बेलामा मन्त्रिपरिषद र उच्चस्तरीय समितिको बैठक बसिरहेको भन्दै सचिवालय बैठक बस्नु अहिलेको आवश्यकता भएको औल्याएका छन् ।
श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘आवश्यकता पर्दा मन्त्रिपरिषद र उच्चस्तरीय समन्वय समितिको बैठक बसेको छ । आजको सन्दर्भमा स्वास्थ्य प्रोटोकलको पालना गर्दै सचिवालयको बैठक पनि बस्न सक्छ । त्यसैले शीघ्र बैठक बस्ने बिश्वास छ, बस्नै पर्छ ।’
यसअघि नेकपा वरिष्ठ नेता झलनाथ खनालले पनि कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकार पछिल्ला कदम र विवादास्पद निर्णयबारे छलफल गर्न बैठक बोलाउन माग गरेका थिए ।




प्रतिक्रिया