अध्ययन बिदामा बसेका नार्कका ६ कृषि वैज्ञानिक सम्पर्कविहीन

अध्ययन बिदामा बसेका नार्कका ६ कृषि वैज्ञानिक सम्पर्कविहीन

सेवाबाट हटाउने नार्कले दियो चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अध्ययन बिदामा बसेका नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का ६ जना कृषि वैज्ञानिक काममा नफर्केको पाइएको छ ।

अध्ययन बिदामा बसेका ६ जना कृषि वैज्ञानिकसहितका केही कर्मचारी बिदा सकेर पनि काममा भने फर्किका छैनन् ।

परिषद्ले बिदा सकेर पनि काममा नफर्केका कृषि वैज्ञानिक र कर्मचारीहरूलाई ७ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन जारी गरेको छ।

नार्कले जारी गरेको सूचनाअनुसार अध्ययन बिदामा गएर काममा नफर्कने वैज्ञानिकहरूमा राष्ट्रिय खाद्य अनुसन्धान केन्द्र, मुखलटारका वैज्ञानिक अच्युत मिश्र, कृषि अनुसन्धान निर्देशनालय कोसीका नवीन कुमार दाहाल, राष्ट्रिय कृषि आनुवंशिक श्रोत केन्द्र, खुमलटारका वैज्ञानिक होमन रेग्मी, राष्ट्रिय आलुबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनका वैज्ञानिक सञ्जीव गौतम, राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरका वैज्ञानिक देवराज चालिसे र राष्ट्रिय कृषि नीति अनुसन्धान केन्द्र खुमलटारका वैज्ञानिक दिनेशबाबु थापा मगर छन्।

नार्कका अनुसार कृषि वैज्ञानिक मिश्र २०७४ भदौ १ गतेदेखि सम्पर्कमा आएका छैनन् । उनीहरू ८ वर्षअघि नै अध्ययन बिदामा गए पनि अहिलेसम्म काममा भने फर्केका छैनन् ।

त्यसैगरि कृषि अनुसन्धान केन्द्र, पाख्रिबास धनकुटाका सुमन कार्की, राष्ट्रिय खाद्य अनुसन्धान केन्द्र खुमलटारका उज्ज्वल सुवेदी, राष्ट्रिय बाली प्रजनन् तथा आनुवंशिक अनुसन्धान केन्द्र खुमलटारका अतित पराजुली र राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान खुमलटारकी अस्मिता श्रेष्ठ पनि अध्ययन बिदामा गएदेखि काममा फर्केका छैनन्।

उनीहरूलाई यतिका वर्षसम्म कार्यालयमा हाजीर हुन नसक्नुको कारण र प्रमाणसहित ७ दिनभित्र उपस्थित हुन परिषद्ले आग्रह गरेको छ। अन्यथा अध्ययन बिदामा जाँदाको मितिदेखि नै लागू हुनेगरि सेवाबाट हटाउने चेतावनी पनि परिषद्ले दिएको छ।