खोप लगाएकालाई हवाई यात्रामा बाधा नगर्न प्रधानमन्त्री मोदीको आग्रह

खोप लगाएकालाई हवाई यात्रामा बाधा नगर्न प्रधानमन्त्री मोदीको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय यात्रा सहज पार्न विश्व समुदायसँग अपिल गरेका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण यात्रुलाई एक देशबाट अर्को देशमा जान कठिनाइ भइरहेका बेला प्रधानमन्त्री मोदीले कोरोना खोप लगाएका यात्रुलाई कुनै पनि बाधा नगर्न अपिल गरेका हुन् ।

खोप लगाएको प्रमाणको पारस्परिक पहिचान गरि यात्रा सहज पार्नुपर्ने उनले बताए ।  प्रधानमन्त्री मोदीले भने, ‘महामारीले पारेको आर्थिक असरलाई सम्बोधन गर्नु आवश्यक छ । खोप लगाएको प्रमाणलाई मान्यता दिएर अन्तर्राष्ट्रिय यात्रा सहज पारौं ।’