नयाँदिल्ली – भारतले थप तीन साताका लागि लकडाउन बढाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार सम्बोधन गर्दै वैशाख २१ गतेसम्मका लकडाउन लम्ब्याइएको जानकारी दिए ।
यसअघि भारतले गरेको तीन हप्ते लकडाउन बुधबार सकिँदै छ । प्रधानमन्त्री मोदीले ३० अप्रिलदेखि भने अत्यावश्यक कामका लागि छुट दिन सकिने बताएका छन् ।
भारतमा मंगलबार बिहानसम्म १० हजार ३ सय ६३ जनामा कोरोनाको संक्रमण भएको पाइएको छ ।
सम्बोधनमा मोदीले भारतले समस्या बढ्छ भनेर नपर्खी तीब्र गतिमा फैसला गरेर भरसक रोक्ने प्रयास कोरोनालाई नियन्त्रण गर्ने प्रयास गरेको बताए ।




प्रतिक्रिया