८० करोड जनतालाई ५ महिना पुग्ने खाद्यान्न दिन्छौंः नरेन्द्र मोदी


एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसबाट प्रभावित आफ्ना नागरिकका लागि ठूलो संख्यामा राहतको घोाषणा गरेका छन् । प्रधानमन्त्री मोदीले ८० करोड नागरिकका लागि निशुल्क पाँच महिना पुग्ने खाद्यान्न उपलब्ध गराउने घोषणा गरेका हुन् ।

मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले लकडाउन सही निर्णयमा गरिएकालेभारतमा लाखौंको ज्यान जोगाएको बताएका छन् । त्यस्तै उनले जनताको लापरवाही बढ्दै गएकाले थप संकट निम्तिने चिन्ता व्यक्त गरेका छन् ।

देशका मिहिनेती किसान र इमान्दार करदाताका कारण सरकार निशुल्क खाद्य सामग्री वितरण गर्ने स्थितीमा पुगेको बताउँदै मोदीले किसान र करदातालाई धन्यवाद दिएका छन् ।

सरकारले गरीब परिवारका प्रत्येक सदस्यलाई पाँच महिनासम्म गहुँ वा पाँच किलोग्राम चामल उपलब्ध गराउने छ । यसका लागि सरकारले ९० हजार करोड खर्च गर्नेछ ।

१६ १७ मिनेटसम्म देशका नाममा सम्बोधन गरेका मोदीले चीन–भारत सीमा विवादबारे बोलेनन् । मानिसहरूले आशा गरेका थिए कि कोरोना बाहेक भारत–चीन विवादको बारेमा मोदीले कुरा गर्नेछन् । तर उनीहरूले चीनको बारेमा कुरा गरेनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement