एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वको सबैभन्दा ठूलो खोप कार्यक्रम सुरु गर्ने बताएका छन् । भारतले आइतबार कोरोनाभाइरसविरुद्ध दुई खोपहरूलाई आपतकालीन प्रयोगका लागि औपचारिक रूपमा अनुमोदन गरेको थियो ।
सोमबार उनले कोरोनाको खोप उत्पादनमा वैज्ञानिक र प्राविधिकको महत्वपूर्ण योगदान रहेको बताएका छन् । प्रधानमन्त्री मोदीले भने, ‘हामी विश्वलाई भारतीय उत्पादनले भर्न चाहँदैनौं, तर हामीले संसारको हरेक कुनामा भारतीय उत्पादनका प्रत्येक ग्राहकको मन जित्नै पर्छ । हामीले यो सुनिश्चित गर्नुपर्दछ कि ‘मेड इन इण्डिया’को ग्लोबल डिमाण्ड र स्वीकृति आवश्यक छ ।’
उनले सीएसआईआर वैज्ञानिकहरूले देशका अधिकांश विद्यार्थीहरूसँग कुराकानी गर्नुपर्ने बताएका छन् । उनले कोरोनाभाइरस कालक्रम र यस अनुसन्धान क्षेत्रमा गरिएको काम नयाँ पुस्तासँग उनीहरूको अनुभव सेयर गर्नुपर्ने बताएका हुन् । ‘यसले आउँदो भोलिदेखि नयाँ वैज्ञानिकहरूको नयाँ पुस्ता तयार पार्न सहयोग गर्नेछ’, उनले भने ।




प्रतिक्रिया