काठमाण्डु – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अपरेशन सिन्दूरका बहादुर सिपाहीहरूलाई सलाम गर्ने अवसर मिलेको बताएका छन्।
भारतको ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा नयाँदिल्लीको लाल किल्लाको पर्खालमा झण्डा फहराइसकेपछि राष्ट्रलाई सम्बोधन गर्दै
प्रधानमन्त्री मोदीले आफ्ना सिपाहीले शत्रुहरूले गरेको कल्पनाभन्दा बाहिरको दण्ड दिएको बताएका हुन्।
उनले भने, ‘हाम्रो देशले धेरै दशकदेखि आतंकवादको सामना गरिरहेको छ। देशको छाती छेडिएको छ। हामीले नयाँ सामान्य स्थापित गरेका छौं। हामी आतंककारीहरू र तिनीहरूलाई समर्थन गर्नेहरूलाई फरक मान्ने छैनौं। भारतले आणविक खतराहरू सहन नसक्ने निर्णय गरेको छ।’
प्रधानमन्त्री मोदीले भने, ‘भारतले रगत र पानी एकसाथ बग्ने छैन भन्ने निर्णय गरेको छ।’ उनले भारतीय नदीको पानीले शत्रुहरूको खेत सिँचाइ गरिरहेको बताए। भारतले आफ्नो भागको पानी पाउने उनले बताए।
प्रधानमन्त्री मोदीले भारतले आणविक धम्की सहन नसक्ने पनि बताए। उनले अब आफूहरु ब्ल्याकमेलिङ सहन नसक्ने बताउँदै भने, ‘देशलाई विकसित बनाउन हामी अब समुद्र मन्थनतर्फ अघि बढिरहेका छौँ। हामी हाम्रो समुद्र भित्र तेल र ग्यासको भण्डार खोज्ने दिशामा मिसन मोडमा काम गर्न चाहन्छौँ।’
प्रधानमन्त्री मोदीले भारतसँग लडाकु विमानका लागि आफ्नै मेड इन इन्डिया जेट इन्जिन हुनुपर्ने बताए। उनले भने,‘विकसित भारतको आधार पनि आत्मनिर्भर भारत हो। यदि कोही अरूमा धेरै निर्भर हुन्छ भने स्वतन्त्रताको प्रश्न आफैँमा हराउन थाल्छ।’




प्रतिक्रिया