काठमाण्डु – नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई भारत र संयुक्त राष्ट्रसंघले बधाई दिएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम प्रधानमन्त्रीको रुपमा पदभार ग्रहण गरेकी सुशिला कार्कीलाई शुभकामा दिएका छन् ।
मोदीले सामाजिक सञ्जाल एक्समा शुभकामना दिँदै नेपालको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरुपमा प्रतिवद्ध रहेको जनाएका छन् ।

यस्तै अन्तरिम प्रधानमन्त्री कार्कीलाई नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर हाम्डीले पनि बधाइ दिएका छन् । उनले विज्ञप्ति जारी गरी शान्ति, न्याय, पारदर्शिता, जवाफदेही र प्रगतिको आकांक्षामा नेपाली जनतासँग ऐक्यबद्धता जनाइएका छन्।
राष्ट्रसंघले नेपाल सरकारसँग मिलेर स्थिरता, मानव अधिकार र दिगो विकासमा सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘यो नियुक्ति भ्रष्टाचार, नातावाद र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवा आन्दोलनका बीच भएको छ। आन्दोलनमा हिंसा, तोडफोड र आगजनीका घटनाहरू भए, जसमा सुरक्षा बलको कारबाहीले धेरैको ज्यान गएको छ।’
प्रदर्शनकारीहरूले संसद, सर्वोच्च अदालत, सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय, मिडिया, विद्यालय र व्यवसायलाई निशाना बनाको उल्लेख गर्दै राष्ट्रसंघले जेल तोडफोडका घटनाहरू पनि भएको र केही प्रदर्शनमा बाहिरी समूहको घुसपैठ भएको आशंका रहेको उल्लेख गरेको छ ।





प्रतिक्रिया