कोरोना भाइरसविरुद्धको लडाइँमा भारत नेपालको साथमा छः नरेन्द्र मोदी

कोरोना भाइरसविरुद्धको लडाइँमा भारत नेपालको साथमा छः नरेन्द्र मोदी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको लडाइँमा भारत नेपाल सरकार र नेपाली जनताको साथमा रहेको बताएका छन् ।

नेपाललाई बुधबार स्वास्थ्य सामग्री उपलब्ध गराएलगत्तै मोदीले भारत सरकार नेपाल र नेपाली जनताको साथमा रहेको बताएका हुन् ।

मोदीले ट्वीटरमा लेखेका छन्, ‘हाम्रो बन्धन केबल मजबुत मात्र छैन, जरा पनि बलियोसँग गडेको छ । भारत कोभिड–१९ को महामारीविरुद्ध लड्न नेपाली जनता र नेपाल सरकारसँग एकजुट भएर उभिएको छ ।’

भारतले कोरोनाविरुद्ध लड्न नेपाललाई २३ टन औषधि सहयोग गरेको छ । सो सहयोग बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले हस्तान्तरण गरेका छन् ।