नरेन्द्र मोदीले थाले सरकार गठनको तयारी

नरेन्द्र मोदीले थाले सरकार गठनको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – बिहीबार भारतीय लोकसभा चुनावको नतिजा आयो र नरेन्द्र मोदी एकतर्फी जितका साथ विजेताका रुपमा पुनः उदाय । निर्वाचनको सम्पूर्ण परिणाम आइसकेपछी सत्तारुढ भाजपाले अत्यधिक मतका साथ जित हासिल गरेको हो । शुक्रबार अन्तिम निर्वाचन परिणाम आएपछि नयाँ दिल्लीमा भाजपाको केन्द्रीय कमिटिको वैठक बसेको थियो । त्यस्तै केन्द्रीय मन्त्रिपरिषद् वैठकले १६औं लोकसभालाई भंग गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

शुक्रबार साँझ भएको क्याविनेट वैठकमा विदेश मन्त्री सुष्मा स्वराज, रेल मन्त्री पीयूष गोयलका अतिरिक्त सम्पूर्ण नेता सामेल भए । बैठकमा स्वास्थ खराब भएका कारण अर्थमन्त्री अरुण जेट्ली भने सहभागी भएका थिएनन् । तथापि उनको घरमा पनि एक वैठक बसेको थियो ।  त्यसपछि प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति रामनाथ कोविन्दसँग भेटेर आफ्नो र सम्पूर्ण क्याविनेटको राजीनामा दिएका छन् । केन्द्रीय क्याविनेटको सम्मानमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले शनिबार राष्ट्रपति भवनमा भोजको आयोजना गरे ।

राष्ट्रपति भवनको भोजनमा प्रधानमन्त्री मोदी र एनडीए क्याविनेटका सबै मन्त्री उपस्थित थिए । १६औं लोकसभा भंग गर्ने र क्याविनेटको राजिनामा प्रस्तुत भएसँगै भारतको केन्द्रमा नयाँ सरकार बनाउन प्रक्रिया सुरु भएको छ ।  वर्तमान लोकसभाको समयावधी जुन ३ मा समाप्त हुँदैछ । यसपछि नयाँ लोकसभाले काम सुरु गर्नेछ । नयाँ लोकसभा गठनको लागि चुनाव आयुक्त राष्ट्रपतिसँग भेटघाट गर्नेछन् र नव निर्वा्चित उमेद्वारीको सुचि प्रस्तुत गर्नेछन् ।

यसबीच प्रधानमन्त्री नरेन्द्र मोदीले वरिष्ठ भाजपा नेता लालकृष्ठ आडवाणी र मुरली मनोहर जोशीसँग भेटघाट गरेर आशीर्वाद लिएका छन् । यस भेटमा भाजपा अध्यक्ष अमित शाह पनि उपस्थित थिए । भेटपछि मोदीले ट्वीट गर्दै आणवाणीलाई दशकौंको सघर्षमार्फत भाजपालाई आजको अवस्थामा ल्याएको श्रेय दिएका छन् भने जोशीलाई महान वौद्धक बताएका छन् । स्रोतका अनुसार मे ३० सम्ममा मोदीले नयाँ प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गर्न सक्छन् ।