प्रधानमन्त्री कार्की र नरेन्द्र मोदीबीच फोनवार्ता, के-के भए कुराकानी ?

प्रधानमन्त्री कार्की र नरेन्द्र मोदीबीच फोनवार्ता, के-के भए कुराकानी ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट करिब आधा घण्टा फोन वार्ता भएको छ।

वार्तामा प्रधानमन्त्री मोदीले नेपालमा पछिल्ला घटनाका बाबजुद शान्तिपूर्ण रूपमा स्थिति नियन्त्रणमा ल्याएकोमा प्रधानमन्त्री कार्कीलाई धन्यवाद व्यक्त गरे।

साथै, उनले देशले भोगेको क्षति प्रति दुःख व्यक्त गर्दै नेपाल सरकारलाई यस अवस्थामा हरेक प्रकारको सहयोग गर्न तयार रहेको बताएका छन्।

प्रधानमन्त्री कार्कीले वार्ताको क्रममा मोदीलाई जन्मदिनको शुभकामना दिँदै निरन्तर सहयोगको अपेक्षा व्यक्त गरेकी थिइन्।

फोन वार्तापछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा जानकारी दिंदै भनेका छन् ‘नेपालकी अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग न्यानो कुराकानी भयो। हालैको दुःखद मानवीय क्षतिप्रति हार्दिक समवेदना व्यक्त गर्दै, शान्ति र स्थायित्व पुनर्स्थापना गर्ने उहाँको प्रयासमा भारतको अटल समर्थन रहने कुरा दोहोर्याएँ। साथै, भोलि नेपालको संविधान दिवसको अवसरमा उहाँ र नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गरेँ।’