काठमाण्डु- पूर्वगृहमन्त्री रामबहादुर थापा (बादल) का भाइ नरेश जेलबाट छुटेका छन् । सोमवार १८ महिना जेल सजाय भुक्तान गरेर छुटेका हुन् । उच्च अदालत पाटनले नरेशकुमार थापालाई २०७६ मा २७ गते १८ महिना थुनामा राख्न आदेश दिएको थियो । डिल्लीबजार कारागारका प्रमुख वसन्त पुरीका अनुसार अदालतले तोकेको समय पुरा गरेपछि थापालाई रिहा गरिएको हो ।
काठमाण्डु जिल्ला अदालतले एक लाख रूपैयाँ धरौटीमा उनलाई छाड्न आदेश गरेको थियो । उच्च अदालत पाटनले उक्त आदेश बदर गरिदिएको थियो । निमार्ण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार हत्यामा दोषी ठहर भएका समिरमानसिंघ बस्नेसँग मिलेर उनलेले आपराधिक गिरोह सञ्चालन गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेको थियो । आपराधिक लाभ (एक्सटर्सन) र संगठित अपराधसम्बन्धी अभियोगमा उनी जेल परेका हुन् ।




प्रतिक्रिया