गृहमन्त्री थापाका भाई नरेश धरौटीमा रिहा 

गृहमन्त्री थापाका भाई नरेश धरौटीमा रिहा 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– व्यवसायीलाई धम्काउंदै रकम असुलेको आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशबहादुर थापा धरौटीमा छुटेका छन्। काठमाडौं जिल्ला अदालतले उनलाई बुधवार एक लाख धरौटीमा छोड्ने आदेश दिएको हो । 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासमा सोमबारबाट थुनछेक बहस सुरू भएको थियो। बुधबार बहस सकिएपछि थापालाई धरौटीमा छाड्ने आदेश भएको अदालतले जनाएको छ।

जेलमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेतसंग मिलेर व्यवसायीलाई धम्काउंदै रकम असुलेको आरोप नरेशसहित सात जनालाई लागेकोमा उनि धरौटीमा छुटेका हुन् । अन्य ६ जना भने पुर्पक्षका लागी कारागर  चलान भएका छन् । 

विभिन्न २५ जना ठेकेदारलाई धम्क्याएर पैसा मागेको उजुरी गृह मन्त्रालय हुंदै प्रहरीसम्म पुगेको थियो।  प्रहीको विशेष ब्युरोले एक महिनाअघि पवन खड्का र सुरेन नगरकोटीलाई राजधानीबाट पक्राउ गरेको थियो। उनिहरु दुवै जनाले गृहमन्त्रीका भाईलाई पोलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।