काठमाण्डु – नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफूले दिएको विवादित अभिव्यक्ति फिर्ता लिएका छन् ।
उनले आज बसेको प्रदेश सभा बैठकमा बोल्दै प्रधानमन्त्रीका पछिल्ला व्यवहारले भावनामा बहकिएर आफूले त्यस्तो अभिव्यक्ति दिन पुगेको भन्दै माफी माग्दै साे अभिव्यक्ति फिर्ता लिएका हुन् ।
सांसद वैद्यले आफु र प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै रिसिइबी नभएको समेत बताए । उनले आत्मालोचनासहित अभिव्यक्ति फिर्ता लिँदै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन अनुरोध गरेपछि सभामुखले सो अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।
शुक्रबार प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको aक्रममा वैद्यले प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्सेको आवश्यकता परेको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए ।
नाथुराम गोड्से तिनै व्यक्ति हुन् जसले महात्मा गान्धीको गोली हानी हत्या गरेका थिए । वैद्यको उक्त विवादास्पद अभिव्यक्तिप्रति चौतर्फी विरोध भइरहेको छ ।




प्रतिक्रिया