नारायणकाजीकाे घाेषणा: उपचुनाव लड्ने प्रस्ताव आएपनि स्वीकार गर्दिन

नारायणकाजीकाे घाेषणा: उपचुनाव लड्ने प्रस्ताव आएपनि स्वीकार गर्दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं– नेकपा एमाले र नेकपा माअाेवादी केन्द्रबीचकाे पार्टी एकताका सुत्राधारमध्यका हुन् नेताद्वय वामदेव गाैतम र नारायणकाजी श्रेष्ठ। जतिखेर दुबै पार्टीबीच एकता हुने घाेषणा गरेर वाम गठबन्धन चुनावमा हाेमियाे, गत वर्ष। तर, ती दुबै नेताले पराजय भाेगे।

जसकारण नेकपाले ती दुबैलार्इ संसदमा ल्याउने चाहाना बेलाबेलामा राख्ने गरेकाे खबर सार्वजनिक हुन्छ। त्यसमा पनि नेता गाैतम  उपचुनावका लागि लविङ नै गरिरहेका थिए।

बर्दिया १ मा चुनाव हारेका नेकपाका अर्का नेता वामदेव गौतमले काठमाडौं ७ मा चुनाव लड्न रामवीर मानन्धरलाई राजीनामा गराउन सहमत गराएका थिए। तर, चौतर्फी आलोचना भएपछि गौतम तत्काल उपचुनाव लड्ने निर्णयबाट पछि हटेका छन्।

यही बेला  नेकपाका प्रवक्ता समेत रहेका नेता नारायणकाजी श्रेष्ठले उपचुनाव लड्ने कुनै योजना नरहेको  र प्रस्ताव अाएपनि स्वीकार नगर्ने घाेषणा गरेका छन्।

 शनिबार गोरखामा आयोजित एक कार्यक्रममा उनले कसैले प्रस्ताव गरेपनि आफू उपचुनाव नलड्ने बताए। ‘उपनिर्वाचनमा लड्ने मेरो कुनै योजना छैन’ उनले भने, ‘कसैले प्रस्ताव राखेपनि म स्वीकार गर्दिन।’

श्रेष्ठ गोरखा १ मा नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए।