स्वास्थ्यकर्मीको सम्मानमा डा झाले ल्याए ‘नसोध मलाई’ (भिडियो)


काठमाण्डु – राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सिनियर कन्सल्ट्यान्ट फिजिसियन तथा प्रमुखको रुपमा कार्यरत डा रणजीत कुमार झाले ‘नसोध मलाई’ शीर्षकको गीत सार्वजनिक गरेका छन् । बिरामीको सेवा सँगसँगै कलाकारिता क्षेत्रमा पनि सक्रिय डा. झा गायक तथा संगीतकार पनि हुन् ।

कोरोना महामारीको सुरुवातदेखी नै कोरोना संक्रमितहरुको उपचारमा खटिएका डा.झाले सबै स्वाथ्यकर्मीहरुको सम्मान स्वरुप गित गाएका छन् । ‘नसोध मलाई’ शीर्षकको उक्त गीतमा संक्रमितहरुको उपचारमा खटिएका चिकित्सकहरुको मनोदशा चित्रण गरीएको छ ।

साथै उपचारमा खटिएका स्वाथ्यकर्मीहरुले भोग्नुपरेका पिडाहरु समेटिएको छ । चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले आफ्ना सम्पूर्ण पीडाहरु बिर्सिएर पनि बिरामीको उपचारमा खटिएका छन् भन्ने सन्देश बोकेको छ। डा झाको स्वरमा रहेको गितमा गिरिराज निरौलाको शब्द हो । भने डा झा तथा गीतकार निरौलाको संगीत निर्देशन छ ।

गीतको संगीत संयोजन महाराज थापाले गरेका हुन् भने साजन शाहले यसलाई मिक्सिङ तथा मास्टरिङ गरेका छन् । यस्तै निशान कश्यपले निर्देशन गरेको गितको भिडियोमा महेश खड्का तथा सुशिला थापाको अभिनय देख्न सकिन्छ । उक्त गित डा झाको आधिकारिक यूट्युब च्यानल रणजीत कुमार झा मार्फत सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement