काठमाण्डु– ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ मा नायब सुब्बा (नासु) पदका १० प्रतिशत दरबन्दी खुला प्रतिस्पर्धाबाट भर्ना गर्ने सहमति जुटेको छ।
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको सोमबार बसेको बैठकले प्रतिनिधिसभाले पारित गरेको शतप्रतिशत बढुवाबाट पदपूर्ति गर्ने प्रावधान उल्टाउँदै नायब सुब्बा पदमा १० प्रतिशत दरबन्दी खुला प्रतिस्पर्धाका लागि राख्ने निर्णय गरेको हो।
यसअघि पनि समितिले सहसचिव पदमा शतप्रतिशत बढुवाको प्रावधान उल्टाउँदै १० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने व्यवस्था गरेको थियो।
विधेयकको दफावार छलफलमा समितिले संघीय निजामती सेवाका विभिन्न तहमा बढुवा र खुला प्रतिस्पर्धाको सन्तुलन कायम गर्नुपर्ने निष्कर्ष निकालेको छ।




प्रतिक्रिया