अग्नि सापकोटाका कारण राष्ट्रियसभाको बैठक अवरुद्ध !

अग्नि सापकोटाका कारण राष्ट्रियसभाको बैठक अवरुद्ध !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले राष्ट्रियसभा बैठक अवरुद्ध पारेको छ । सभामुख अग्नि प्रसाद सापकोटाले दल फुटाउन सहयोग गरेकाले बैठक अवरुद्ध पारेको एमालेले जनाएको छ ।

बैठक सुरु हुन साथ एमाले सांसदहरुले उठेर विराेध जनाएका थिए । एमाले सांसद भैरवबहादुर श्रेष्ठले सभामुख सापकाेटाले माधव नेपालसहितका १४ जना सांसदहरुलाई कारबाही नगरेकोले बैठक अवरुद्ध पारेकाे जानकारी दिए ।

‘सदन अवरुद्ध हुनुका पछाडि सभामुख अग्नि सापकोटाका कारण दुवै सदन अवरुद्ध भएका छन् । एमालेलाई फुटाउन सभामुखको प्रत्यक्ष संलग्नता भएका कारण हाम्रो आपत्ति हो,’ उनले भने ।

एमाले सांसदको विरोधप्रति लक्षित गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले प्रतिनिधि सभाको विषयलाई लिएर राष्ट्रिय सभा अवरुद्ध नगर्न आग्रह गरे ।

लोक सेवा आयोगसम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेश गरेर बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

एमालेले माधव नेपालसहित १४ जना सांसदहरुलाई कारबाही नगरेको भन्दै दुवै सदन अवरुद्ध बनाउँदै आएको छ । सभामुख अग्नि सापकोटाले एमालेसँग छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाएका छन् । तर, आज दिउँसो २ः३० बजे बस्ने बैठकमा एमालेले बहिस्कार गर्ने निर्णय गरिसकेको छ ।