काठमाण्डु- राष्ट्रिय सभामा शुक्रबार भएको निर्वाचनमा चारवटा समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचनबाट विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा, दिगोविकास तथा सुशासन समितिमा तारादेवी भट्ट सभापतिमा निर्वाचित भएको संसद सचिवालयले जनाएको छ ।
नवनिर्वाचित सभापतिमध्ये तारादेवी भट्ट प्रमुख प्रतिपक्षी नेपाली काग्रेसकी सांसद हुन् भने अन्य तीन सत्तारुढ नेकपाका हुन् ।




प्रतिक्रिया