काठमाण्डु – राष्ट्रियसभाको बैठक पुस २७ गते बस्ने भएको छ । संघीय संसद् सचिवालयकाअनुसार यसअघि २५ गते बस्ने भनिएको राष्ट्रियसभाको बैठक पुस २७ गते अपराह्न १ बजे बस्नेछ ।
‘पुस २५ गते आइतबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली २०७५ को नियम (६) को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले पुस २७ गते मंगलबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गर्नुभएको छ,’ संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।




प्रतिक्रिया