राष्ट्रिय सभाको बैठक सोमबार बस्ने

राष्ट्रिय सभाको बैठक सोमबार बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संघीय संसद सचिवालयले राष्ट्रियसभाको बैठक १७ माघ सोमबार बस्ने गरी बोलाएको छ ।

संसद सचिवालयका महासचिव डा भरतराज गौतमले बिहीबार सूचना जारी गर्दै १७ माघ सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको जानकारी दिएका हुन् ।

यसअघि २ माघमा सूचना निकालेर अर्काे सूचना जारी नभएसम्मका लागि राष्ट्रिय सभाको बैठक स्थगित गरिएको थियो ।