काठमाण्डु – राष्ट्रिय सभाका रिक्त ४ सभापति पदका लागि भदौ २३ गते निर्वाचन हुने भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले शुक्रबार ४ वटा समितिको सभापति चयनका लागि भदौ २३ को मिति तोकेको हो ।
राष्ट्रियसभाका विषयगत समितिका सभापतिहरु कार्यकाल सकिएर २१ फागुन २०७८ मा कार्यकाल विदा भएका थिए । रिक्त राष्ट्रियसभा सदस्य पदमा १२ माघ २०७८ मै नयाँ सदस्य निर्वाचित भएका थिए, उनीहरु राष्ट्रियसभामा क्रियाशील छन् ।
राष्ट्रिय सभामा दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समिति छन् । राष्ट्रिय सभा उपाध्यक्ष पद पनि २१ फागुन २०७८ देखि नै रिक्त छ ।
तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि नयाँ उपाध्यक्ष चयन भएको छैन । तर, यसपटक पनि राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन गर्ने विषयमा दलहरु मौन रहेका छन् । भदौ २३ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन गर्ने विषयमा फेरि पनि दलहरुका बीचमा सहमति जुट्न सकेको छैन।




प्रतिक्रिया